२०८३ वैशाख ४ , शुक्रबार

निर्वाचन आयोगले मान्यता दिएसँगै कांग्रेसमा गगन–विश्व समूह आधिकारिक



निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन (गगनबिश्व समुह) लाई औपचारिक मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन कानून र पार्टी विधानअनुसार भएको ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै विशेष महाधिवेशनबाट भएका सबै निर्णय वैधानिक भएका छन्।

यसअघि विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको छ।

अब पार्टीका प्रत्यक्ष मनोनयनदेखि सम्पूर्ण संगठनात्मक कामकारबाही गगन–विश्व समूहको निर्णयअनुसार अघि बढ्नेछन्। भने शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको छ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार