२०८३ वैशाख ४ , शुक्रबार

निर्वाचन आयोगले विधानविपरीत निर्णय गरे देशभर आन्दोलन हुन्छ : कार्यवाहक सभापति खड्का



नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधान, संविधान र निर्वाचन ऐनविपरीत निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रदेखि वडा तहसम्म चारतारे र रूख अंकित झण्डासहित आन्दोलन गरिने बताए।

निर्वाचन आयोगले दबाब वा षड्यन्त्रमा नपरी कानुनअनुसार निर्णय गर्नुपर्ने उनको माग छ।

खड्काले पार्टीलाई क्षति पुग्ने गरी विशेष महाधिवेशन गरिएको दाबी गर्दै विधानअनुसार केन्द्रीय समितिलाई मात्र विशेष महाधिवेशन बोलाउने अधिकार रहेको बताए।

गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक भेला गरी त्यसलाई विशेष महाधिवेशन भनेको आरोपसमेत उनले लगाए।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार