राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत राजनीतिक समायोजन घोषणासभा आयोजना गर्ने भएको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्व नेताहरू, थरुहट/थारुवान अभियन्ताहरू तथा विभिन्न स्वतन्त्र अभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने समायोजनको औपचारिक घोषणा उक्त सभामार्फत गरिने जनाईएको छ।
कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा दिउसो १ बजे आयोजना गरिने पार्टीका प्रवक्ता मनिस झाले जानकारी दिए।
रास्वपाले समावेशी राजनीति, वैकल्पिक शक्ति निर्माण र नागरिक आन्दोलनलाई संस्थागत राजनीतिसँग जोड्ने उद्देश्यका साथ यो बृहत राजनीतिक समायोजन गर्न लागेको झाले जनाएका छन्।
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार











प्रतिक्रिया दिनुहोस्