२०८३ वैशाख ४ , शुक्रबार

एमालेको समानुपातिक सूचीमा खर्स आर्यको तेस्रो नम्बरमा हुम्लाका बोगटी



नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ। सोमबार राति बुझाइएको सूचीमा हुम्लाका गोरख ब बोगटी पनि समेटिएका छन्।

एमालेले खर्सआर्य क्लस्टरतर्फ केन्द्रीय सदस्य बोगटीको नाम तेस्रो नम्बरमा राखेको छ। उनी २०४० सालदेखी राजनीतिमा होमिएका हुन् । मालेहुदैँ एमालेको विभिन्न तहका बसेर नेतृत्व गरिसकेका उनी २०५६ सालमा एमालेबाट हुम्लादेखी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै स्थायि कमिटि सदस्य सम्म पुगेका बोगटी २०८१ सालदेखि ८२ मंसिर सम्म कर्णाली प्रदेशको ईन्चार्ज भएका थिए । एमालेको ११ औं महाधिवेशन पछि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यता, कर्णाली प्रदेशबाट बोगटी सहित ५ जनाको नाम सूचिमा समेटिएको छ । जसमा जनजातिबाट मुगुका सोनाम छिरिङ लामा, खर्सआर्यबाट हुम्लाका बोगटी, कालिकोटकि यशुदा कुमाारी बराल, जाजरकोटका लाल ब महतरा, सुर्खेतका बालाराम शर्मा र कालिकोटका दुर्गा ब शाही रहेका छन् ।

पार्टीले समानुपातिक प्रणालीअन्तर्गत कुल ११० जनाको नाम आयोगमा पेश गरेको हो।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार