नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिका तत्कालिन कोषाध्यक्ष धनजित बोहरा उज्यालो नेपाल पार्टी प्रवेश गरेका छन्।

सोमबार फेसबुकमा उज्यालो नेपाल पार्टीको सदस्यता सार्वजनिक गर्दै नेकपा छोडेको घोषणा गरेका हुन्।
पौष ११ गते उक्त पार्टीको सदस्यता लिएको भए पनि १४ गते मात्रै सार्वजनिक गरेका हुन्।स्थापनाकालमा प्रचण्डमा केही नयाँ गर्ने हुटहुटी देखिएपनि पछिल्लो समयमा देशको परिवेशलाई नबुझ्दा माओवादी छोडेको बोहराले बताए।
समग्र देशको अवस्थालाई मध्येनजर गर्दै देशका लागि केही गर्न सक्ने पार्टी र व्यक्तिलाई सहयोग समर्थन गर्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे हु । त्यसैले अहिलेको उज्यालो नेपाल पार्टी र त्यसका संरक्षक कुलमान घिसिङलाई रोजेको बोहराको भनाई छ।
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्