नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

१९ सदस्यीय पदाधिकारीका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलको स्पष्ट वर्चश्व देखिएको छ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली निर्वाचित भएका छन्।
अध्यक्ष पदमा ओलीसँग पार्टीका पूर्वमहासचिव ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए।
निर्वाचनमा ओली र पोखरेल पक्षले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए। परिणामअनुसार अधिकांश पदमा ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्।
पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै निर्वाचित भएका छन्। सचिव पदमा भने सबै उम्मेदवार ओली प्यानलकै निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारीहरूको सूची यसप्रकार छः
अध्यक्ष
– केपी शर्मा ओली
उपाध्यक्ष
– विष्णु पौडेल
– रामबहादुर थापा
– पृथ्वीसुब्बा गुरुङ
– रघुजी पन्त
– गोकर्ण विष्ट
महासचिव
– शंकर पोखरेल
उपमहासचिव
– रघुवीर महासेठ
– लेखराज भट्ट
– योगेश भट्टराई
सचिव
– छविलाल विश्वकर्मा
– भानुभक्त ढकाल
– पद्मा अर्याल
– खगराज अधिकारी
– यामलाल कँडेल
– राजन भट्टराई
– शेरधन राई
– हिक्मत कार्की
– महेश बस्नेत











प्रतिक्रिया दिनुहोस्