२०८३ वैशाख ४ , शुक्रबार

एमाले ११औँ महाधिवेशन: सुर्खेत–२ का प्रतिनिधिहरू निर्विरोध चयन



नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेत–२ क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

निर्वाचन कमिटीका संयोजक नन्दबहादुर भण्डारीका अनुसार खुला, महिला र युवा गरी कुल ९ जना प्रतिनिधि निर्विरोध रुपमा चयन भएका हुन्।

खुला तर्फ वर्तमान अध्यक्ष कुलमणी देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्ण प्रसाद पौडेल र भीम बहादुर रावत महाधिवेशन प्रतिनिधिमा परेका छन्।

त्यसैगरी, महिला समूहबाट टिका कुमारी अधिकारी, टिका कुमारी घले गुरुङ र निर्मला राना मगर चयन भएका छन्। युवा कोटाबाट प्रेम खड्का सर्वसम्मत प्रतिनिधि बनेका छन्।

निर्वाचन प्रक्रिया सर्वसम्मत रूपमै सम्पन्न भएपछि कमिटीले यसलाई संगठनात्मक एकता र सहमतिमूलक नेतृत्व चयनको सकारात्मक संकेतको रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार