२०८३ वैशाख ८ , मंगलबार

कर्णाली सरकारले मध्यरातमा ल्यायो ३१ अर्वको बजेट



असार, सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको हो । बजेट ल्याउनैपर्ने कानुनी व्यवस्थाको संकटमा परेर कर्णाली प्रदेशले मध्यरातमा  बजेट प्रस्तुत गर्‍यो ।

विपक्षी दलहरुले बहिष्कार गर्ने अडान राखेपछि दिनभर सहमति जुट्न नसक्दा १२ बज्न केही मिनेट बाँकी हुँदा मात्रै बजेट प्रस्तुत गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले मध्यराति प्रदेशसभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रस्तुत गरे ।

सार्वजनिक गरेको यो बजेट चालु आव २०८१/८२ को तुलनामा ५ प्रतिशतले बढी हो । यस वर्ष प्रदेशले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

स्थानीय स्तरमै उद्यमीलाई प्रोत्साहन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग लगायतका विषयमा बजेटमा समावेश छन् । जसका लागि ६ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, कर्णालीको बजेटमा रैथाने उत्पादनको बजारीकरण गर्नका लागि कोसेली घर सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ ।

कर्णाली प्रदेश  सरकारको आ.व २०८२/०८३ को बजेट (पूर्णपाठ सहित)

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार