सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशमा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो, जसको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।
उनका अनुसार चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका तथा जापानमा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको हो।
राजदूतहरूले आगामी २० कात्तिकभित्र नेपाल फर्किसक्नुपर्ने सूचना मन्त्री खरेलले जानकारी दिए।

चीनमा राजदूत कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, मलेसियामा डा. नेत्रप्रसाद तिमल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जंगबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा शनिल नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे, अमेरिकामा लोकदर्शन रेग्मी र जापामा डा. दुर्गाबहादुर सुवेदी राजदूत थिए ।
सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन ।











प्रतिक्रिया दिनुहोस्