नेपाल सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गर्ने निर्णय गरेसँगै इन्टरनेट सेवा प्रदायकहरूले कार्यान्वयन सुरु गरेका छन्।
बिहीबार आएको सरकारी निर्देशनपछि शनिबारसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरसहितका ठूला प्लाटफर्महरू धेरै ठाउँमा निष्क्रिय भइसकेका छन्।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पान र सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीका अनुसार सरकारको निर्देशनअनुसार प्लाटफर्महरूलाई क्रमशः बन्द गरिँदै छ।
दर्ता नभएका २६ सामाजिक सञ्जालमध्ये दुई मात्र सम्पर्कमा
‘नयाँ–नयाँ आईपी एड्रेस आउने भएकाले एकैपटक सबै बन्द गर्न सकिँदैन। तर, वेब संस्करणहरू लगभग रोकिएका छन् र मोबाइल एपहरू पनि धमाधम बन्द हुँदै छन्,’ उनले बताए।
यसबीच, सरकारले नियन्त्रण कडाइ गरेपछि प्रयोगकर्ताहरूले भीपीएन र डीएनएस सेटिङ परिवर्तनमार्फत ती सामाजिक सञ्जालमा पहुँच खोज्न थालेका छन्।
सरकारको कदमसँगै वैकल्पिक उपाय अपनाउने प्रयोगकर्ताको संख्या बढेको देखिएको छ।











प्रतिक्रिया दिनुहोस्