२०८३ भदौ २८ , आइतबार

दर्ता नभएका २६ सामाजिक सञ्जालमध्ये दुई मात्र सम्पर्कमा




नेपाल सरकारले दर्ता नगरेका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि तीमध्ये दुईवटा मात्र सम्पर्कमा आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेको र एक्सले प्रक्रियाबारे जानकारी लिएको छ।

अन्य कुनै एप भने सम्पर्कमा आएका छैनन्। ठाकुरका अनुसार कार्यालय समय सकिन लागेको, शनिबार नेपालमा र आइतबार विदेशमा बिदा पर्ने भएकाले दुई दिनभित्र नयाँ सम्पर्कमा आउने सम्भावना न्यून छ।

यसअघि भाइबर, वि-टक, टिकटक, निम्बज र पोपोलाइभ दर्ता भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी दर्ता प्रक्रियामा रहेका छन्।

प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।