२०८३ भदौ २७ , शनिबार

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ



काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राहदानी कसुरसम्बन्धी मुद्दामा उपस्थित नभएपछि अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा सीआईबीको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।

भट्टराईविरुद्ध १७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा फर्जी कागजात प्रयोग गरी ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) जारी गरेको आरोप छ। सोही आरोपमा गत सोमबार काठमाडौं जिल्ला अदालतमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो।

अदालतको आदेशअनुसार पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।