वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार केही बैंकले ब्याजदर घटाएका छन् भने अधिकांशले असार महिनाकै दरलाई निरन्तरता दिएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। ग्लोबल आइएमई, एनएमबि, सिटिजन्स, कृषि विकास, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदर कटौती गरेका छन्।
नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा नबिल र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याज दिनेछन् भने कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर कायम गरेका छन्। संस्थागत मुद्दती निक्षेपमा नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर तोकेको छ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार









