जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ।
जिल्लाको भेरी नगरपालिका–२ राङ्सीकी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार २०८० साल कार्तिक १७ गते गएको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरामाथि गए राति पहिरो खस्दा शाहको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा परेकी उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले सतर्क रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार










दुखद खबर