२०८३ भदौ ३० , मंगलबार

हुम्लामा सहुलियत खाद्यान्न बिक्री वितरण, चार दिनमा १ हजार ६३२ क्वीन्टल बिक्री



हुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सिमकोटले सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गरेको छ। कार्यालयका अनुसार असार १६ गतेदेखि १९ गतेसम्म कुल १ हजार ६३२.२५ क्वीन्टल खाद्यान्न बिक्री वितरण गरिएको हो।

उक्त अवधिमा भएको खाद्यान्न बिक्रीबाट २८ लाख ३१ हजार ४९० रुपैयाँको कारोबार भएको निमित्त शाखा प्रमुख कैलाश ऐडीले जानकारी दिए।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सिमकोटमा जिरा मसिनो, सोना मन्सुली, मध्यम तथा मोटा चामल सहुलियत दरमा बिक्री वितरण सकिएको छ। अब भने पुरानो दररेटमा बिक्री वितरण भइरहेको उनले बताए । साथै, चिनी पनि सहुलियत मूल्यमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।