२०८३ भदौ ३० , मंगलबार

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ



नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेको दाबी गरिएको छ।

उनलाई सम्पत्ति शुद्धीकरण विभाग ले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जानकारी सार्वजनिक भएको हो।

स्रोतका अनुसार पौडेलमाथि गरिएको सेयर कारोबार तथा सम्पत्तिको स्रोत सम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। उनी पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला नियन्त्रणमा लिइएको र काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन अभियानका क्रममा सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको स्रोतको दाबी छ। उनलाई हवाई वा स्थलमार्गबाट काठमाडौं ल्याउनेबारे तयारी भइरहेको जनाइएको छ।

यस विषयमा सम्बन्धित निकाय तथा पौडेल पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। एमालेले पनि घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।