२०८३ भदौ ३० , मंगलबार

नेपाल स्काउटको ७५औँ स्थापना दिवसमा वीरेन्द्रनगरमा सरसफाइ कार्यक्रम



नेपाल स्काउट कर्णाली प्रदेशले आफ्नो ७५औँ स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वीरेन्द्रनगरका १४ वटा विद्यालयका स्काउट ट्रूपका विद्यार्थी तथा प्रशिक्षकहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले नगर क्षेत्रमा र्‍याली निकालेपछि प्रदेश रंगशाला (स्टेडियम) वरपरको क्षेत्रमा सरसफाइ गरेका थिए।

कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको थियो। सरसफाइ अभियानका क्रममा १८ झोला फोहोर संकलन गरिएको नेपाल स्काउट कर्णाली प्रदेशका अधिकृत नरेन्द्र बोहराले बताए ।

यसैबीच, कालिकोटको महाबै गाउँपालिकास्थित स्थानीय स्काउटले पनि स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।
दिवसका अवसरमा सरसफाइ, वृक्षारोपण तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको प्रदेश सदस्य देवलसिंह ठकुरीले जानकारी दिए।

स्काउटमार्फत वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सामुदायिक सेवाको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।