२०८३ भदौ २७ , शनिबार

सरकारी सवारी साधन कार्यालयमै बुझाउन चौकुने गाउँपालिकाको निर्देशन



सुर्खेतको चौकुने गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको प्रयोगमा रहेका सरकारी सवारी साधन अनिवार्य रूपमा कार्यालयमै फिर्ता बुझाउन निर्देशन दिएको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिका कारण खर्च बढेको, मर्मतसम्भार खर्च उच्च भएको तथा सवारी साधनको सम्भावित दुरुपयोग नियन्त्रण गर्न यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ।

सूचनाअनुसार स्रोत–साधनको न्यायोचित विनियोजन र खर्च नियन्त्रण गर्न आवश्यक देखिएकाले सबै शाखाका शाखा प्रमुख, वडा सचिव तथा अन्य कर्मचारीहरूले आफ्नो जिम्मामा रहेका सरकारी सवारी साधन जेठ २४ गते भित्र कार्यालय समयमै सम्बन्धित शाखामा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

गाउँपालिकाले उक्त निर्देशनको कार्यान्वयनबाट सवारी साधनको दुरुपयोग नियन्त्रण हुनुका साथै इन्धन तथा मर्मतसम्भारतर्फको अनावश्यक खर्च घट्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विकले बताए ।

प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।