हुम्लाकाे सिमकोट गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ। सोमवार एक सुचना सार्वजनिक गर्दै उत्कृष्ट ३ विद्यार्थीको नाम सार्वजनिक गरेको हो।
आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा पुस १ गते देखि ७ गतेसम्म सञ्चालन भएको थियो। जसमा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत ८ विद्यालयका कुल २ सय ७५ विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कुल विद्यार्थी मध्ये सनसाइन बोर्डिङ स्कुलका सागर शाही ले ३.९२ जीपीए प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार बालमन्दिर माध्यमिक विद्यालयका सिद्धार्थ बम ले ३.७८ जीपीए सहित द्वितीय र सोही विद्यालयका एलिस रावत ले ३.६५ जीपीए ल्याउँदै तृतीय स्थान हासिल गरेका हुन्।

गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई गाउँ शिक्षा समितिको निर्णयानुसार राष्ट्रिय शिक्षा दिवस अवसर पारेर पुरस्कृत गर्ने समेत प्रमुख आचार्यले जानकारी दिएका छन् ।









