२०८३ साउन १२ , मंगलबार

दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ



 चाडपर्वको अवसरमा भुवा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या गरिएको छ ।

जाजरकोट पुगेका दैलेख नौमुले गाउँपालिका–४, उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगरको हत्या भएको छ। जुनीचाँदे गाउँपालिका–८, पंकमा कात्तिक ३ गतेदेखि चलिरहेको मेलाको क्रममा ४ गते बिहान उनलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

५ गते राति साथीहरूसँग दलवीर रावतको घरमा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए। घटनापछि फरार रहेका ६ जनालाई प्रहरीले कात्तिक ७ गते पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू दैलेख नौमुले गाउँपालिका–४ कै पदम बहादुर रोका मगर (२९), नर बहादुर गुरुङ (२८), वीरेन्द्र रोका मगर (२८), तिलक घर्ती मगर (३२), लक्ष्मण सुनार (२९) र कमल रानामगर (२८) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।