२०८३ साउन १२ , मंगलबार

चौकुनेमा निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर



सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आगामी भदौ ६ गते शुक्रवार निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सञ्चालन हुने भएको छ। शिविरमा मानसिक रोग विशेषज्ञ डा। दीपिका विधानले उपचार र परामर्श प्रदान गर्नेछन्।

शिविरमा शङ्का गर्ने, बिना कारण खुसी हुने, अनौठो व्यवहार देखाउने, राती उठेर हिँड्ने, आवश्यकता भन्दा बढी कुरा गर्ने जस्ता लक्षण भएका बिरामी, आत्महत्याको इच्छा हुने, आफूलाई बेकार महसुस गर्ने, आत्मबल तथा मनोबल घट्ने, इच्छाशक्ति कम हुने, शारीरिक कमजोरी महसुस हुने, बेहोस हुने, मुखबाट फिँज आउनु, जिब्रो टोक्ने, झडका आउने, अत्यधिक चिन्ता, डर, झर्को मान्ने, निदाउन नसक्ने लगायतका समस्या भएका व्यक्तिहरूलाई उपचार सेवा दिइनेछ।

कार्यक्रमको आयोजना सिएमसि नेपाल, थापाथली काठमाडौँले गरेको हो, भने समन्वय चौकुने गाउँपालिकाले गरेको छ। गाउँपालिकाले स्थानीयलाई यो अवसरको लाभ लिन आग्रह समेत गरेको छ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।