२०८३ असोज १ , बिहीबार

कर्णालीमा बाँझो जमिन राख्नेलाई जरिवाना, खेती गर्नेले पाउने भए अनुदान



कर्णाली प्रदेश सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेबारे नयाँ नियम लागू गरेको छ। आर्थिक ऐन, २०८२ अनुसार १० रोपनीसम्म बाँझो राख्नेमा रु पाचँ सय , दश देखि २० रोपनीमा रु एक हजार र २० रोपनीभन्दा बढीमा रु एक हजार पाचँ सय जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

याे ऐन प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ। यसैसँगै बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको सुविधा पनि दिइने प्रावधान गरिएको छ।

पाँच हेक्टर भन्दा बढी जमिनमा खेती गर्ने कृषकको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने व्यवस्था गरिएको छ भने पाँच हेक्टरभन्दा कम जमिनमा खेती गर्ने कृषकलाई ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था गरिएको छ।

प्रदेश सरकारका अनुसार यो कदमले कृषकलाई प्रोत्साहन दिने र प्रदेशभित्र कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।