२०८३ साउन १२ , मंगलबार

नेपालमा डेंगुको प्रकोप बढ्दो, २४ घण्टामा १७ जनामा सङ्क्रमण



नेपालमा डेंगुको सङ्क्रमण दर बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) अनुसार २ हजार ६३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गएको एक सातामा १७१ जना नयाँ डेंगुका बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा १७ जनामा सङ्क्रमण देखिएको छ । हालसम्म देशका ७४ जिल्लामा डेंगु फैलिसकेको महाशाखाले जनाएको छ ।

प्रदेशगत तथ्याङ्कलाई केलाउँदा गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । ७ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हाे। पछिल्लो एक हप्तामा मात्र गण्डकीमा ५२ नयाँ बिरामी थपिएका छन् । त्यसैगरी, बागमती प्रदेशमा ५ सय ४५ र लुम्बिनी प्रदेशमा ४ सय २३ जनामा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।