कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनका लागि प्राविधिक तयारीहरू लगभग सम्पन्न भइसकेका जनाएको छ ।
तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ।
चैतमा सम्पन्न परीक्षामा देशभरबाट ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षा परिणाम सार्वजनिक भएपछि विद्यार्थीहरूले नतिजा अनलाइन, एसएमएस र मोबाइल एपमार्फत हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार









