२०८३ वैशाख ६ , आइतबार

जाजरकोटको छेडागाडमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा



नेपाल टेलिकमले जाजरकोट जिल्लास्थित छेडागाड नगरपालिकामा फोरजी टुजी/सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई सहज तरिकामा दूरसञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलिकमले आइतबारदेखि मोबाइल सेवा सुचारु गरेको छ ।

टेलिकमको सेवा सञ्चालनमा आएसँगै छेडागाड नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ अन्तर्गतका साल्मा, दशेरा, सुवानाउली, झाप्रा लगायतका गाउँका स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् । अब यस क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस कलका साथै इन्टरनेट सुविधा पाउने टेलिकमले जनाएको छ ।

स्थानीयको दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य र व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । कम्पनीले दूरदराजका क्षेत्रहरूमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार