२०८३ वैशाख ६ , आइतबार

रलिङ्ग माविको विव्यस अध्यक्षमा लामा निर्वाचित



हुम्लाको  सिमकोट गाउँपालिका ३ मा पर्ने रलिङ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ। समितिका नि वर्तमान अध्यक्ष बल भण्डारीको अध्यक्षता अभिभावकको भेलाले मंगलवार उक्त समिति सर्वसहमत गठन गरेको हो।

साउन ४ गते सम्म सबै विद्यालयमा वि. व्य.स समिति गठन भएको नामावली शिक्षा शाखामा पेस गर्नुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख थियो । सोही अनुसार पूर्ण बहादुर लामाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। समितिको सदस्यमा हाँसु भण्डारी, जानकला सुनार, अदानसिंह भण्डारी, बल भण्डारी, पामा लामा र सुनाम याङ्जुम लामालाई सर्वसहमत चयन गरेको हो। भने शिक्षक प्रतिनिधिको तर्फबाट सुर्यमणि बोहरा र सदस्य सचिवमा प्राध्यापक छिमि लामा रहेको स्थानिय राज ब भण्डारी जानकारी दिए।

यता, शिक्षक अभिभावक संघको अध्यक्षमा हर्कधन सुनार सर्वसहमत भएका छन्। ११ सदस्यीय समितिमा बिरबल परियार, छिजुम लामा, टसि ताम्बा लामा, बाँचा सुनार, राम ब भण्डारी, देउकली सुनार, गङ्गा ब सुनार र सरिता सुनार निर्वाचित भएका हुन्। भने शिक्षक प्रतिनिधिमा नोर्ला लामा र छिमि लामा रहेको शिक्षक सुर्यमणि बोहराले बताए।

गाउँ शिक्षा ऐन २०७८ को दफा १३ को उपदफा १ र ७ अनुसार विव्यस गठन गरिएको छ। यस गाउँपालिका भित्र पर्ने विद्यालयको विव्यस गठन गर्ने पहिलो विद्यालय समेत बनेको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार