जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
जिल्लाको भेरी नगरपालिका–४ स्थित गैरीखालीमा शुक्रबार राति करिब ११ः५५ बजे ध १ ज ९६९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

गैरीखालीबाट थाप्लेतर्फ जाँदै गरेको जीपको टायर स्लीप हुँदा सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
दुर्घटनामा कुशे गाउँपालिका–८, जन्तलाका २९ वर्षीय चालक प्रकाश सिंह ठकुरी र २२ वर्षीय सहचालक भविन्द्र खत्री घाइते भएका छन्।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार









