२०८३ भदौ २६ , शुक्रबार

कालिकोटमा मोबाइल चलाउन नदिएको भन्दै अस्पतालभित्रै डाक्टर र नर्समाथि कुटपिट



कालीकोटको पँलाता गाउँपालिका–९ स्थित पँलाता अस्पतालमा डाक्टर र नर्समाथि हातपात भएको छ।

मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो स्थानीयले आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा वाइफाइ चलाउन आएका स्थानीयका दुई छोरालाई ओपीडी अगाडिबाट बाहिर जान आग्रह गरेपछि विवाद भएको बताइएको छ। त्यसक्रममा उनीहरूकी आमा मैना बमसहित अन्य स्थानीयले स्वास्थ्यकर्मीमाथि हातपात गरेको डा. अलीको भनाइ छ।

घटनामा नर्स गिरीको पिठ्यूँ, निधार र अनुहारमा तथा डा. अलीको आँखाको डिलमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार स्थानीयले यसअघि पनि अस्पताल परिसरमा गाईवस्तु छाड्ने तथा स्वास्थ्यकर्मीलाई विभिन्न रूपमा दुःख दिने गरेका छन्। अस्पताल प्रशासन प्रमुख जन्मऋषि न्यौपानेले इन्टरनेट चलाउन रोक नलगाइएको भन्दै वाइफाइको बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद् भएको बताए।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै डा. अलीले इलाका प्रहरी कार्यालय थिर्पुमा निवेदन दिएका छन्।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।