२०८३ असार ३ , बुधबार

रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन्। पहिलो प्रदेश अधिवेशनबाट खड्का सभापतिमा भारी मतका साथ विजयी भएका हुन्।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वनचन भएको थियो।
जम्मा ५७८ मतदाता रहेकोमा ४०० मत खसेको थियो। खड्काले २८८ मत पाएर सभापतिमा निर्वाचित हुँदा उनका दुई जना प्रतिस्पर्धीले गरेर जम्मा १०० मत पनि कटाउन सकेनन्।
अर्का सभापतिका उम्मेदवार स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेत (एनके)ले ३५ मत प्राप्त गरे।

सभापतिमा निर्वाचित खड्का संस्थापक सभापित समेत हुन्। उनले रास्वपा स्थापनकालदेखि नै कर्णाली प्रदेशको जिम्मेवारीसँगै जिल्लादेखि वडास्तरसम्म संगठन विस्तार गर्दै आएका थिए।

यस्तै, प्रदेश सदस्यहरुमा (क्षेत्रगत)तर्फ तुलाराज शाही २१९ मत (कालीकोट), लक्ष्मीकुमारी भट्टराई २०० मत (दैलेख-१), कृष्णबहादुर खड्का १२६ मत (दैलेख-२), राजेन्द्रप्रसाद शर्मा २०२ मत (सुर्खेत-१), आकाश थापा १११ मत (सुर्खेत-२), नविन खड्का २४२ मत (जाजरकोट) र संगम गौतम २०५ (रुकुमपश्चिम) विजय भएका निर्वाचन संयोजक भरतप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार कमल रावल (मुगु), ललितकुमार चन्द (सल्यान), बुधे बुढा (हुम्ला), सन्तोष बुढाथोकी (डोल्पा) र दानबहादुर बुढा (जुम्ला) निर्विरोध निर्विचत भएका छन्।
आदीवासी जनजातितर्फ गौराकुमारी घर्ति मगर २२३ मत ल्याएर वियजी भएका छन् भने दलिततर्फ मोहन सुनार र टेकबहादुर चुनारा निर्विरोध निर्वाचित भएका छन्।

साथै महिलातर्फ निर्माला शाही २७४, सरस्वती बुढा २७३, सिलु थापा २०७, खगिसरा बुढा १९९ र राधाकुमारी ढकाल १९३ मत पाएर प्रदेश सदस्यमा विजयी भएका छन्।
यस्तै, खसआर्यतर्फ राजबहादुर शाह २०० मत, रामप्रसाद पाण्डे १८९, धर्मराज थापा १७४ मत र यामराज पन्त १६० मत प्राप्त गर्दै प्रदेश सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार