जुम्लामा ४५ जना मिस्त्रीलाई वातावरणमैत्री इन्टरलक इट्टा प्रयोग गर्ने सम्बन्धमा दुईदिने तालिम सम्पन भएको छ ।

जनता उद्योग प्रालि भेरीगंगा, सुर्खेतको आयोजनामा चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाको समन्वय तथा उत्तम निर्माण सेवाको सहआयोजनामा तालिम सञ्चालन गरिएको हो।
विश्व खाद्य कार्यक्रम (WFP) अन्तर्गत चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाका सामुदायिक विद्यालयमा निर्माण हुन लागेको भान्साघरमा यही इन्टरलक इट्टा प्रयोग गरिनेछ।
तालिममा सहभागी ४५ मिस्त्रीमध्ये ७ जना महिला र ३८ जना पुरुष रहेका छन्। तालिम प्राप्त मिस्त्रीहरू नै भान्साघर निर्माणमा प्रत्यक्ष संलग्न हुनेछन्।
वातावरण मैत्री इन्टरलक इट्टा प्रयोग गर्ने सीप लिने सबै मिस्त्रि उत्तम निर्माण सेवाको भान्साघर निर्माणमा जोडिएका छन्। भान्साघरमा यहि इट्टा प्रयोग हुने उत्तम निर्माण सेवा का प्रोजेक्ट म्यानेजर इन्जिनियर सुरेन्द्र बहादुर खत्रीले बताए ।
सिकेको सीप तत्काल व्यवहारमा प्रयोग हुन थालेकाले तालिम प्रभावकारी भएको चन्दननाथ नगरपालिकाले जनाएको छ।
साथै निर्माण कार्यमा संलग्न सम्पूर्ण कामदारको बीमा गरिएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्