सुर्खेतको लेकबेशी नगरपालिका–९, सिम दमारबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लेकबेशी, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पुस २३ गते बिहान करिब ११:३० बजे लेकबेशी–९ निवासी ३८ वर्षीय धनबहादुर रावतलाई १ थान भरुवा बन्दुकसहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका रावतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार











प्रतिक्रिया दिनुहोस्