सुर्खेतको वीरेन्द्रनगरमा मिथ्या सूचना र अनलाइन उत्पीडन विरुद्ध केन्द्रित दुई दिने कार्यशाला सम्पन्न भएको छ।

सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको आयोजना र स्थानीय पहलहरूको लागि क्यानाडा कोषले क्यानाडियन पहलहरू स्थानीयहरू मन पराउँछको सहयोगमा कार्यशाला सोमबार सम्पन्न गरिएको हो।
कार्यक्रममा सीएमआर नेपालका प्रशिक्षक उमेश श्रेष्ठले मिथ्या सूचनाका स्रोत, यसको फैलिने तरिका तथा त्यसबाट बच्ने उपायबारे विस्तृत जानकारी दिए।
सामाजिक सञ्जालमार्फत तीव्र गतिमा फैलिने भ्रमपूर्ण सामग्रीका उदाहरण प्रस्तुत गर्दै तथ्यजाँच किन र कसरी गर्नुपर्छ भन्ने विषयमा उनले प्रशिक्षण दिएका थिए।
अनलाइन उत्पीडनले व्यक्तिको मानसिक, सामाजिक र व्यावसायिक जीवनमा पार्ने प्रभाव, त्यसमाथि लागू हुने कानुनी प्रावधान तथा पीडितले सहायता कसरी लिन सक्छन् भन्नेबारे पनि कार्यशालामा विस्तृत छलफल गरिएको थियो।

कार्यशालाको सहजीकरण सीएमआर नेपालकी प्रशिक्षक चेतना कुँवरले गरेकी थिइन्।
उनका अनुसार मिथ्या सूचना र अनलाइन उत्पीडनविरुद्ध युवालक्षित जनचेतना अभियान सञ्चालन गर्न सहभागी छ समूहबाट सुझाव र कार्ययोजना संकलन गरिएको छ।
संकलित योजनामध्ये उत्कृष्ट दुई समूहलाई आगामी कार्यक्रमका लागि छनोट गरिने उनले बताइन्।










प्रतिक्रिया दिनुहोस्