२०८३ वैशाख १० , बिहीबार

सामसङले नेपालमा ग्यालेक्सी एम१७ फाइभजी सार्वजनिक गर्‍यो



सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम१७ फाइभजी सार्वजनिक गरेको छ।

प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई–सक्षम फिचरसहित आएको यो स्मार्टफोनमा, आफ्नै सेग्मेन्टमा पहिलोपटक ओआईएस (Optical Image Stabilization) अर्थात् नहल्लिने क्यामेरा प्रविधि जडान गरिएको सामसङले जनाएको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितका अनुसार, प्रिमियम क्यामेरा टेक्नोलोजीलाई यो फोनमार्फत धेरै प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

फोनमा रियल टाइम एआई असिस्ट फिचर समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई सहज र स्मार्ट अनुभव प्रदान गर्छ। यसमा प्रयोग गरिएको शक्तिशाली प्रोसेसरले गेमिङ र स्ट्रिमिङका लागि छरितो तथा ऊर्जा–दक्ष प्रदर्शन सुनिश्चित गर्छ।

ग्यालेक्सी एम१७ फाइभजी धुलो र पानीबाट सुरक्षित (IP रेटिङसहित) बनाइएको छ। यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ —

  • ४ जीबी र्याम / १२८ जीबी स्टोरेज: मूल्य रु. २५,९९९
  • ६ जीबी र्याम / १२८ जीबी स्टोरेज: मूल्य रु. २७,९९९
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार