
सल्यानमा पहिलो पटक नगर बस सेवा सुरु गरिएको छ।
शारदा नगरपालिकाले शुक्रवार विशेष कार्यक्रमका बिच श्रीनगर स्थित बसपार्कबाट सेवाको शुभारम्भ गरेको हो।
नगर प्रमुख प्रकाश भण्डारीले उद्घाटन गर्दै दसैँको अवसर पारेर भक्तजनलाई लक्षित गर्दै बस सञ्चालन गरिएको जानकारी दिए।
मेयर भण्डारीले पहिलो चरणमा दसैँ अवधिभर श्रीनगर–खैरावाङ नगर बस चलाइने र त्यसपछि खलङ्गासम्म सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।
उनले भने, ‘जनतालाई नियमित रूपमा नगर बस सेवा दिनु हाम्रो पहिलो दायित्व हो।

दसैँ अवधिभर श्रीनगर देखि खैरावाङसम्म न्यूनतम ५० रुपैयाँमा यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।’
शारदा नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट बस खरिद गरी क्रमशः ग्रामीण र दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्