दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई बिहीवार राति सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।
कार्कीले गाउँपालिकामा सञ्चालन भएको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अनुसन्धान थालिएको आयोगले जनाएको छ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए।
कार्कीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्