राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह तस्बिर
निर्वाचनबाट पार्टी सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापतिमा अन्य कुनै उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्। केन्द्रीय सदस्यका लागि भने ३८४ जनाले उम्मेदवारी दिएका थिए।
निर्वाचनमार्फत खुलातर्फ २० जना, खस–आर्यतर्फ १० जना, आदिवासी जनजातितर्फ ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना, मुस्लिमतर्फ २ जना तथा सातै प्रदेशबाट ५/५ जनाका दरले प्रादेशिक कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले प्राप्त गरेका छन्। उनले २ हजार ६५६ मत ल्याएर पहिलो स्थान हासिल गरे।
उनको पछि सोविता गौतमले २ हजार ६४१ मत, शिशिर खनालले २ हजार ५३८ मत, सागर ढकालले २ हजार ३७६ मत तथा तोसिमा कार्कीले २ हजार ३०२ मत प्राप्त गरेका छन्।
रास्वपाले निर्वाचनको विस्तृत मतपरिणाम सार्वजनिक गर्दै निर्वाचित सबै केन्द्रीय सदस्यले प्राप्त गरेको मत विवरण पनि सार्वजनिक गरेको छ।
निर्वाचित सदस्यहरूको मतपरिणाम यसप्रकार रहेको छ।









