२०८३ साउन १२ , मंगलबार

सुर्खेत–२ मा रास्वपाका रमेश सापकोटाको जित सुनिश्चित, ७ हजार मतले अग्रता



सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश कुमार सापकोटाको जित लगभग सुनिश्चित देखिएको छ ।

जारी मतगणनामा उनले निरन्तर अग्रता कायम राख्दै करिब ७ हजार मतको अन्तर बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सापकोटाले १८ हजार ५४९ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार नारायण कोइरालाले ११ हजार ५ मतसहित पछ्याइरहेका छन् ।

त्यसैगरी नेकपा एमालेका कुलमणि देवकोटा ८ हजार ५५७ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेकपाका झकबहादुर मल्लले ३ हजार ५८१ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहे पनि हालसम्मको मतान्तरका आधारमा सुर्खेत–२ मा रास्वपाका सापकोटाको जित लगभग निश्चित जस्तै देखिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।