दैलेख क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गरेकी हुन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गरिन् भने शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
दैलेख–१ मा मतगणना सम्पन्न भइसकेको छ।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार









