२०८३ भदौ २९ , सोमबार

६ स्थानमा कांग्रेसको अग्रता



 प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले विभिन्न ६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

ललितपुर क्षेत्र नम्बर-१ मा कांग्रेसका उम्मेदवार उदयशमशेर जबरा ३ हजार १४४ मतसहित अग्रस्थानमा छन्। मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली २ हजार ५५७ मतसहित अघि रहेका छन्।

यस्तै कपिलवस्तु-३ मा कांग्रेस उम्मेदवार अभिषेकप्रताप शाहले २ हजार २३० मतसहित अग्रता लिएका छन्। रसुवामा पनि कांग्रेस उम्मेदवार मोहन आचार्य २ हजार १८ मतसहित अगाडि रहेका छन्।

कैलाली-१ मा कांग्रेसका उम्मेदवार जनकराज चौधरी ३४८ मतसहित अग्रस्थानमा छन्। त्यसैगरी सुर्खेत-२ मा कांग्रेस उम्मेदवार विष्णु कुमार खड्काले ७ सय ९८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।