सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार ७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ५ क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार रास्वपाले कञ्चनपुरका तीनवटै क्षेत्र (१, २ र ३), कैलालीका १, ३ र ५ तथा डडेल्धुरा गरी सात क्षेत्रमा अग्रता कायम राखेको छ। यस्तै एमालेले कैलाली-२, अछाम-२, डोटी, दार्चुला र बझाङ गरी पाँच क्षेत्रमा प्रारम्भिक अग्रता बनाएको छ।
यसैगरी नेकपा अछाम-१ मा र नेपाली कांग्रेस बैतडीमा अग्रस्थानमा रहेका छन्।
कञ्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी ५ हजार ८९१ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका तारा लामा तामाङले २ हजार ६१८ मत पाएका छन् भने नेकपाकी बिना मगरले २ हजार ३०४ मत प्राप्त गरेकी छन्।
कञ्चनपुर-२ मा रास्वपाका दीपकराज बोहरा १३ हजार ३०५ मतसहित अग्रता लिइरहेका छन्। कांग्रेसका एनपी साउद ४ हजार ६४ मतसहित दोस्रो स्थानमा छन् भने एमालेका बचनबहादुर सिंहले ३ हजार १४५ मत पाएका छन्।
कञ्चनपुर-३ मा रास्वपाका ज्ञानेन्द्र महता ४ हजार ७३१ मतसहित अगाडि छन्। कांग्रेसका हरिप्रसाद बोहराले २ हजार ३६ मत पाएका छन् भने एमालेका दीपक प्रकाश भट्टले २ हजार ९ मत प्राप्त गरेका छन्।
कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवाली ५ हजार १७७ मतसहित अग्रस्थानमा छिन्। कांग्रेसका जनकराज चौधरीले ४ हजार ४६ मत पाएका छन् भने नेकपाका रामलाल डगौरा थारूले २ हजार ६२८ मत प्राप्त गरेका छन्।
कैलाली-२ मा एमालेका सूर्यबहादुर थापा १ हजार २८८ मतसहित अगाडि छन्। रास्वपाका केपी खनालले १ हजार १२९ मत पाएका छन् भने कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ५१ मत प्राप्त गरेका छन्।
कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी २ हजार ६५२ मतसहित अग्रस्थानमा छन्। नेकपाका विरमान चौधरीले २ हजार ४०८ मत पाएका छन् भने नाउपा नेपालका विक्रम चौधरीले १ हजार ५५२ मत प्राप्त गरेका छन्।
कैलाली-५ मा रास्वपाका आनन्दबहादुर चन्द ८ हजार ६१ मतसहित अगाडि छन्। कांग्रेसका नरनारायण शाहले ३ हजार २०४ मत पाएका छन् भने एमालेका यज्ञराज ढुंगानाले १ हजार ९९१ मत प्राप्त गरेका छन्।
डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशी ४ हजार ४०५ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका नैनसिंह महरले २ हजार ७९१ मत पाएका छन् भने नेकपाका मानसिंह मालले २ हजार ५७६ मत प्राप्त गरेका छन्।
बैतडीमा कांग्रेसका चतुरबहादुर चन्द ५३२ मतसहित अगाडि छन्। रास्वपाका हरिमोहन जोशीले ४८२ मत पाएका छन् भने एमालेका दामोदर भण्डारीले ३९७ मत प्राप्त गरेका छन्।
अछाम-१ मा नेकपाका भीमबहादुर रावल २ हजार ५३३ मतसहित अग्रस्थानमा छन्। एमालेका दीपकबहादुर साउदले २ हजार २०४ मत पाएका छन् भने कांग्रेसका भरतबहादुर स्वाँरले १ हजार ९६१ मत प्राप्त गरेका छन्।
अछाम-२ मा एमालेका यज्ञबहादुर बोगटी १ हजार १९५ मतसहित अगाडि छन्। कांग्रेसका पुष्पबहादुर शाहले ७९३ मत पाएका छन् भने रास्वपाका भूपदेव शाहले ६१० मत प्राप्त गरेका छन्।
डोटीमा एमालेका दीपकबहादुर धामी ३ हजार २५१ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका भरतबहादुर खड्काले २ हजार ५४१ मत पाएका छन् भने रास्वपाका नरेन्द्रबहादुर खड्काले २ हजार २२५ मत प्राप्त गरेका छन्। नेकपाका चिलोचन भट्टले १ हजार ६७२ मत पाएका छन्।
बझाङमा एमालेका ऐनबहादुर महर २ हजार १३७ मतसहित अगाडि छन्। कांग्रेसका प्रकाश रसाइलीले १ हजार ९७४ मत पाएका छन् भने रास्वपाका शैलेसकुमार सिंहले १ हजार २२५ मत प्राप्त गरेका छन्।
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना २०३ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका धर्मानन्द जोशीले १३६ मत पाएका छन् भने रास्वपाका राजेशसिंह सामन्तले २५ मत प्राप्त गरेका छन्।
हाल मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।









