२०८३ भदौ २९ , सोमबार

सुर्खेत–२ मा कांग्रेसलाई उछिन्दै रास्वपा दोस्रो स्थानतर्फ, एमालेको अग्रता कायम



सुर्खेत–२ मा नेपाली कांग्रेसलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो स्थानतर्फ पुगेको छ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी प्रारम्भिक मतगणनाअनुसार यसअघि तेस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले ९१९ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार नारायण कोइरालाले ८८७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटाले १ हजार ६८ मतसहित अग्रता कायम राखेका छन्।

यस्तै, सुर्खेत–१ मा सुरुवाती मतगणनामा दोस्रो स्थानमा देखिएको रास्वपा हाल तेस्रो स्थानमा पुगेको छ। प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहँदा दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।