हिमाली जिल्ला हुम्लाका ६ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ। भौगोलिक कठिनाइका कारण नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी शुक्रबार मतपेटिका सदरमुकामतर्फ ल्याइने भएको हो।

मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन मतदान केन्द्र, सोही गाउँपालिका–४ चाला, चङ्खेली गाउँपालिका–५ नेक्पा र ताजाकोट गाउँपालिकाको मासपुर मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ।
बिहीबार लिमीको सुनखानी प्रावि हल्जी मतदान केन्द्रका मतपेटिका मात्रै ढुवानी गरिएको छ। बाँकी पाँच मतदान केन्द्रका मतपेटिका भने शुक्रबार हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार









