२०८३ भदौ २८ , आइतबार

मुगुमा सात जनाको उम्मेदवारी दर्ता



आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगु जिल्लामा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका अनुसार नेपाली कांग्रेसबाट खडकबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चन्दबहादुर शाही तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भुवन टमटाले मनोनयन दर्ता गराएका छन्।

यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट संगम परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट ऐटन मल्लले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।