२०८३ भदौ २९ , सोमबार

कालिकोटमा प्रतिनिधिसभा निर्वाचनका लागि १३ जनाको उम्मेदवारी दर्ता



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालिकोटमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट हर्षबहादुर बम, नेकपा (एमाले)बाट नगीन्द्र शाही ‘नेशनल’ तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट महेन्द्रबहादुर शाहीले मनोनयन दर्ता गराएका छन्।

यसैगरी संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश न्यौपाने उम्मेदवार बनेका छन्। नेपाल मजदुर किसान पार्टीबाट नन्दबहादुर शाही, नेकपा माओवादीबाट खड्गबहादुर विश्वकर्मा तथा राष्ट्रिय जनमोर्चाबाट अजय गिरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने र देशभक्त पार्टीबाट प्रेमसिंह तिरुवाले पनि मनोनयन दर्ता गराएका हुन्।

स्वतन्त्रतर्फ नेपाली कम्युनिस्ट पार्टीका नेता जीवन बुढा तथा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य स्वतन्त्र उम्मेदवारमा मानबहादुर तिरुवा र अस्मिनकुमार विष्ट रहेका छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।