२०८३ भदौ २९ , सोमबार

भेरीगंगामा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण



सुर्खेतको भेरीगंगा नगरपालिकाले ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा १५ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय ब्याग वितरण गर्दै दिवस मनाइएको छ।

मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाको बालबालिका तथा महिला शाखाले समुदायमा रहेका अपाङ्गता भएका बालबालिकाको शैक्षिक पहुँच बढाउने उद्देश्यले शैक्षिक सामग्री, स्कुल ब्याग लगायतका सामग्री हस्तान्तरण गरेको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।

नगरप्रमुख ढकालले अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा, सहयोग तथा सहज वातावरण सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा स्थानीय प्रतिनिधि, जनप्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।