सुर्खेतको वीरेन्द्रनगरमा दिगो विकास लक्ष्य केन्द्रित छलफल सम्पन्न भएको छ ।

बिहिबार भिएसओ नेपाल, युथ एडभोकेसी नेपाल र बास नेपाल सुर्खेत शाखाको संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा दिगो विकासलाई स्थानीय तहमा कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्नेमा मुख्य ध्यान दिइएको थियो।
भिएसओ नेपालका कार्यक्रम संयोजक सन्तोष थापाले `दिगो विकास समानता र जलवायु न्यायबिना सम्भव छैन´भन्दै जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
युथ एडभोकेसी नेपालका अध्यक्ष गणेश धामी SDGs र CDGs प्राप्तिमा युवाको नेतृत्व निर्णायक हुन्छ´ भनेका थिए। प्रतिनिधि सञ्जय पन्थीले नीतिनिर्माणदेखि कार्यान्वयनसम्म युवाको सक्रियता आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा सहभागिलाई समूहगत छलफलमार्फत दिगो विकास, समावेशी तथा गुणस्तरीय शिक्षा शान्तिपुर्ण समाज र न्याय , जलवायु जोखिम व्यवस्थापन र लैङ्गिक समानतामाथि सुझाव तथा कार्यदिशा प्रस्तुत गराइएको थियो।









