इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ) नेपाल, कालिकोटद्वारा सञ्चालित आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखापरिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । आइएनएफ नेपाल कालिकोटका परियोजना संयोजक दलबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्ट रहेका थिए ।
कार्यक्रममा आइएनएफ नेपालले आर्थिक वर्ष २०८१/०८२ मा समुदायमा सञ्चालन गरेका कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरेको थियो। वार्षिक प्रगति विवरणसँगै खर्चको विवरण समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, अपाङ्गता, कृषि प्रवद्र्धन, स्वावलम्बन तथा स्थानीय क्षमता विकासका क्षेत्रमा संस्थाले पु¥याएको योगदानलाई सामाजिक उत्तरदायित्वका रूपमा प्रस्तुत गरिएको थियो ।
संस्थाले स्वावलम्बन समूहमार्फत महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त कार्यक्रम, कृषक समूह सशक्तीकरण तथा आयआर्जनमुखी तालिम, समुदायमा सुरक्षित खानेपानी तथा सरसफाइ प्रवद्र्धन, विद्यालयमा शिक्षा सामग्री वितरण तथा बालमैत्री पूर्वाधार निर्माणमा सहयोग गरेको विवरण सार्वजनिक गरिएको थियो। साथै, विभिन्न युवाहरूलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीका अवसर सिर्जना गरिएको जनाइएको छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले आइएनएफ नेपालले समुदायका आधारभूत आवश्यकता पहिचान गरी दीर्घकालीन सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह विशेष अतिथिका रूपमा सहभागी भएका थिए। साथै, गाउँपालिकाका सबै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, स्वावलम्बन समूहका सदस्य तथा सहजकर्ता र स्थानीय पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्