२०८३ कात्तिक ११ , मंगलबार

यी हुन् कर्णाली प्रदेशसभा सदस्यका स्वकीय सचिव



कर्णाली प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरू तथा उनीहरूका स्वकीय सचिवहरूको नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार १९ जना प्रदेशसभा सदस्यका स्वकीय सचिवको नाम, थर र स्थायी ठेगाना उल्लेख गरिएको छ।

सचिवालयको विवरणअनुसार माननीय कृष्णकुमारी शाहीका स्वकीय सचिव दीपेन्द्र शाही, उर्मिला विश्वकर्माका मनिता विश्वकर्मा, कर्णबहादुर बि.सी.का महेन्द्र सापकोटा, हृदयबहादुर पोखरेलका सञ्जय पोखरेल, गमलाल बि.क.का दानबहादुर विक रहेका छन्।

त्यस्तै, धनश्याम भण्डारीका खगेन्द्रबहादुर खड्का, जानकी सिंहका तेजबहादुर बि.सी., जीवनबहादुर शाहीका राजबहादुर रोकाय, तुलसा मल्लका मिठारा मल्ल, दीक्षा शाहीका भुवन शाही, दुर्गबहादुर रावतका जीवन रावत स्वकीय सचिव छन्।

खेमेन्द्रबहादुर शाहीका वर्णध्वज शाही, नन्दा गुरुङका गंगाराम तिमिल्सिना, पूर्णबहादुर शाहीका राजन के.सी., वीरबहादुर शाहीका जित बम ठकुरी, भीमप्रकाश शर्माका सजिना शर्मा स्वकीय सचिव रहेको विवरणमा उल्लेख छ।

यसैगरी महेन्द्र के.सी.का निर्मला के.सी., गगनमान कँडेलका यस कुमार चपाई र रणसिंह परियारका ध्रुवराज बि.सी. स्वकीय सचिव रहेका छन्।

सचिवालयले सार्वजनिक गरेको नामावलीमा स्वकीय सचिवको नामसँगै उनीहरूको स्थायी ठेगाना पनि खुलाइएको छ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।