२०८३ भदौ २७ , शनिबार

दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ करोडभन्दा बढीको बजेट



दैलेखका ११ वटा स्थानीय तह रहेको दैलेख जिल्लामध्ये १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । आठबीस नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले बजेट ल्याएका हुन् ।

सार्वजनिक गरिएका बजेटअनुसार १० स्थानीय तहको कुल बजेट ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको छ । तीमध्ये सबैभन्दा ठूलो बजेट दुल्लु नगरपालिकाले ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५ करोड ७० लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यस्तै, महावु गाउँपालिकाले ६१ करोड २० लाख ९३ हजार, नारायण नगरपालिकाले ६४ करोड १८ लाख ६२ हजार, गुराँस गाउँपालिकाले ७० करोड ३२ लाख ३३ हजार, ठाटीकाँध गाउँपालिकाले ४७ करोड २३ लाख २९ हजार तथा भैरवी गाउँपालिकाले ४७ करोड २९ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

त्यसैगरी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ५० करोड ७५ लाख ७ हजार, भगवतीमाई गाउँपालिकाले ५१ करोड ३१ लाख ८६ हजार, डुङ्गेश्वर गाउँपालिकाले ४६ करोड ६ लाख ८७ हजार तथा नौमुले गाउँपालिकाले ५६ करोड १८ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।