सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यो निर्णय सोमबारदेखि लागू हुनेछ।
उनले पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति असहज बनेकाले इन्धन खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
शिक्षामन्त्री पोखरेलले उक्त समय व्यवस्था शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयमा मात्र लागू हुने स्पष्ट पारे।
सरकारको यो निर्णयले इन्धन बचतसँगै प्रशासनिक कार्यप्रणालीमा समेत केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया दिनुहोस्